शेयर बजारमा उतारचढाव, हिमालयनको प्रोमोटर शेयरले कारोबार उचाल्यो
काठमाडौं । बजार कतातिर जान्छ भन्ने अन्यौलमा लगानीकर्ता हुँदा मंगलबारको शेयर बजारमा उतारचढाव देखिएको छ ।
आइतबारसम्म निरन्तर बढेको शेयरबजारमा सोमबार ठूलो करेक्सन देखिएपछि मंगलबार अब बजार परिसूचक बढ्ला कि घट्ला भन्ने अन्यौलता देखिएका कारण बजार खुला भएको केही बिन्दुमाथि र केही बिन्दु तलको हाराहारीमा घुमिरह्यो । तर, अन्त्यमा ३ अंक बढेर बजार बन्द भयो ।
मंगलबार नेप्से परिसूचक १३ सय २०.४७ प्रतिशतमा पुग्दा १२ उपसूचकमध्ये ५ वटामा वृद्धि र ६ वटामा गिरावट देखिएको छ ।
बैंकिङ, जीवन तथा निर्जीवन बीमा, व्यापारमूलक, उत्पादनमूलक र होटल समूह बढ्यो भने विकास बैंक, फाइनान्स कम्पनी हाइड्रोपावर, लघुवित्त र अन्य समूहका उपसूचकहरु घट्यो । यद्यपि नेप्से, सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट परिसूचकहरु सबैमा सुधार देखिएका छन् । यो दिन व्यापारमूलक र निर्जीवन बीमामा १ प्रतिशत भन्दा बढीको सुधार र म्युचुअल फण्ड र अन्य समूहका परिसूचकहरुमा १ अंक भन्दा बढीको गिरावट देखियो ।
परिसूचकमा उतारचढाव देखिए पनि कारोबारका आधारमा भने मंगलबारको बजार उत्साहप्रद नै रह्यो । यो दिन १८३ कम्पनीका १ अर्ब ५१ करोडको बराबरका ४४ लाख ५५ हजार कित्ता शेयर किनबेच भए ।
आज हिमालयन बैंकको प्रोमोटर शेयर र हिमालयन डिस्टिलरीको कारोबार उच्च रह्यो । हिमालयन बैंकको साढे २४ करोड र डिस्टिलरीको साढे १० करोडका शेयर किनबेच भए । एआईशी एशियाको कारोबार पनि करिब साढे ९ अर्ब रह्यो ।
गुराँस लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनी गरी ३ ओटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको बजारमा सबैभन्दा बढी गुमाउने कम्पनी भने ग्लोबल आईएमई लघुवित्त बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण