छाउपडी प्रथा अन्त्यका लागि १० बुँदे घोषणापत्र जारी
अछाम । छाउपडी प्रथा अन्त्य तथा मर्यादित महिनावरी प्रबर्धन गर्नका लागि १३ बुँदे घोषणापत्र जारी भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ लगायतको टोलीद्वारा अछाम जिल्लामा पुगेर १३ बुँदे घोषणा पत्र जारी गरेका हुन् ।
छाउपडी प्रथाले अन्तर्राष्ट्रिय जगतमा नेपालको शीर झुकाउने काम गरेको र मुलुकमै पनि सुदुरपश्चिम क्षेत्रलाई सामाजिक रुपमा फरक रुपमा हेर्ने अवस्था अन्त गर्न यो प्रथा अन्त्य हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिए ।
सरकारले छाउगोठ भत्काउने अभियानका साथै यस प्रथा अन्त्यका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेटको व्यावस्था गर्ने जानकारी उनले दिए ।
उनले संघ, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी तथा सरोकारवाला पक्ष यो प्रथा अन्त्यका लागि आ–आफ्नो ठाउँबाट पहलकदमी लिन आग्रह गरे ।
१० बुँदे घोषणामा महिलाको आत्मसम्मानमा वृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउने, सुदुर क्षेत्रका प्रदेश तथा स्थानीय सरकार परिचालन गर्ने, छाउगोड भत्काउने लगायतका विषयवस्तु समावेश गरिएको छ ।
सो अभियानमा महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल, सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण