अक्षकुमारको पारिश्रमिक १२० करोड !
मुम्बई – बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समयका निकै व्यस्त छन् । अन्य सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन् । तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन् । त्यो पनि सुपर हिट ।
गतवर्ष अर्थात २०१९को कुरा गर्ने हो भने उनी बलिउडको सबैभन्दा बढी कमाउने अभिनेता समेत बने ।
अक्षयकुमार अहिले रोहिट शेट्टीको फिल्म ‘सूर्यवंशी’ अभिनय गरिरहेका छन् भने निर्माता निर्देशक आनन्द एलरायले आफ्नो नयाँ फिल्मका लागि पनि उनलाई साइन गरेको चर्चा छ । आनन्दको फिल्ममा सारा अलि खान र धनुषको पनि अभिनय रहनेछ ।
एकपछि अर्काे फिल्म लगातार हिट दिएका अक्षयकुमारले अहिले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । आनन्द रायको फिल्मका लागि पनि उनले १२० करोड पारिश्रमिक लिएको चर्चा छ । जुन फिस अहिलेसम्मकै महँगो हुने बताइएको छ । तर यस बिषयमा भने अक्षयकुमारले कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।
आनन्दको फिल्म छिट्टै घोषणा हुँदैछ । प्रेमकथामा बन्न लागेको यो फिल्मको सुटिङ केही महिनापछि सुरु हुने बताइएको छ । अहिले अक्षयकुमारसँग लक्ष्मी बमर र बच्चन पाण्डे नामका दुई फिल्म पनि हातमा छन् । यी फिल्मको काम उनले सुर्यवंशीपछि थाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण