प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसनबीच सम्झौता
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष एगमोन यानिभले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको संयोजनमा तेलअभिभमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान, कृतिगत अनुवाद र साहित्यिक भ्रमणको आदानप्रदानमा सहयोग पु¥याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताए ।
ताराको ‘सहारा’
मोरङ, बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘सहारा सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द पराजुलीकै तथा सङ्गीत भीम बिसीको छ । बिसी र सरु गौतमले गीतमा स्वर भरेका छन् ।
भिडियोमा दीपक एम सिंहको निर्देशन र पुष्कर सुनुवारको सङ्गीत संयोजन छ । छायाङ्कन दीपक गिरी र सम्पादन अमृत चापागाईँले गरेका छन् । भिडियोमा दिनेश कठायत र रजिना बिष्टको अभिनय छ । यसअघि गीतकार पराजुलीकोे ‘अर्को राजमार्ग’ कविताकृति प्रकाशन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण