आज पूरा भएन सन्दीपको सतक विकेट
बुधबार, ०८ माघ २०७६, १६ : १०
एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् । बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् । बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप १३ औं खेलमा विकेटविहिन भए ।
एडिलेड स्ट्राइकर्स बिरुद्ध सन्दीपले तीन ओभर बलिङ गरेका २४ रन खर्चिए तर विकेट लिन सकेनन् । टी–२० क्रिकेटमा ९८ विकेट लिइसकेका सन्दीपलाई एक सयको आँकडा पूर्याउन अझै अर्को खेल कुर्नुपर्ने भएको छ । उनले अहिलेसम्म १८ वटा टी–२० अन्तर्रास्ट्रिय क्रिकेटमा २८ र ५४ वटा विभिन्न टी–२० क्रिकेट लिगमा ७० विकेट लिँदै ९८ विकेट पुर्याएका हुन् । आज पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक ६२ रन बनाएर मेलबर्नलई एक सय ६३ रनको लक्ष्य दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण