एन्फा कास्की अध्यक्षद्वारा दीपक मनाङे विरुद्ध जाहेरी दर्ता
बुधबार, ०८ माघ २०७६, १७ : ४५
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशका सांसद दीपक मनाङे विरुद्ध मुद्दा दर्ता गराएका छन् ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्षलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।
बुधबार दिउँसो ४ बजेतिर उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा मनाङे विरुद्ध जाहेरी दर्ता गरेको बताएका छन् ।
यसअघि रातोपाटीसँग कुराकानी गर्दै एन्फा अध्यक्ष गुरुङले आफूले प्रहरीमा जाहेरी दिने बताएका थिए ।
सांसद मनाङले पनि बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर घटनाबारे स्पष्टीकरण दिएका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण