एन्फा कास्की अध्यक्षद्वारा दीपक मनाङे विरुद्ध जाहेरी दर्ता
बुधबार, ०८ माघ २०७६, १७ : ४५
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशका सांसद दीपक मनाङे विरुद्ध मुद्दा दर्ता गराएका छन् ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्षलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।
बुधबार दिउँसो ४ बजेतिर उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा मनाङे विरुद्ध जाहेरी दर्ता गरेको बताएका छन् ।
यसअघि रातोपाटीसँग कुराकानी गर्दै एन्फा अध्यक्ष गुरुङले आफूले प्रहरीमा जाहेरी दिने बताएका थिए ।
सांसद मनाङले पनि बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर घटनाबारे स्पष्टीकरण दिएका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम : राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति निर्माणमा जोड
-
सरकारको नीति तथा कार्यक्रममा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड
-
मुम्बई होर्डिङ प्रकरणका आरोपी फरार, मर्नेको सङ्ख्या १४ पुग्यो
-
इन्डोनेशियामा चिसो लाभाको बाढी, ५२ जनाको मृत्यु
-
नीति तथा कार्यक्रममा कृषि : कृषिमा लगानी दशकदेखि हिमाल समृद्धि कार्यक्रमसम्म
-
‘पुजार सार्की’को ‘जाऊँ माया’ सार्वजनिक