कालिञ्चोक दर्शनको पाँचौ साधारण सभा सम्पन्न, ५ वर्षको लागि बालकृष्ण शिवाकोटी अध्यक्ष
काठमाडौं– कालिञ्चोक दर्शनको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको पाँचौ बार्षिक साधारण सभाले आगामी ५ वर्षको लागि बालकृष्ण शिवाकोटीको अध्यक्षतामा निम्न बमोजिमको संचालक समितिको निर्वाचन गरेको छ ।
जसमा बालकृष्ण शिवाकोटी अध्यक्ष, मार्कण्डेय अधिकारी संचालक, ऋषिकेश गौली संचालक, रमेश राज शिवाकोटी संचालक, डिल्ली प्रसाद शिवाकोटी संचालक, गुरु प्रसाद अधिकारी संचालक र थानेश्वर बस्याल संचालकका रुपमा नियुक्त भएका छन् ।
साधारणसभाले संचालक समितिको निर्वाचनका अतिरिक्त संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनलाई समेत पास गरेको छ ।
कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाको कालिञ्चोक कुरीबाट कालिञ्चोक भगवतिको मन्दिरसम्म सजिलै आवत जावत गर्नको लागि करिब ५२ करोडको लागतमा २०७५ कार्तिक महिनाबाट केवलकार संचालनमा ल्याएको छ ।
उक्त स्थानमा केवलकारको निर्माण र संचालन पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा उल्लेख्य रुपले बृद्धि भएको छ । कम्पनीले सम्भाव्यता अध्ययनको आधारमा उपयुक्त देखिएका अन्य स्थानहरुमा पनि केवलकार संचालन गर्न सक्ने अध्ययन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण