प्रदेश नम्बर १ मा पनि सबै नेकपाका उम्मेदवार विजयी
बिहीबार, ०९ माघ २०७६, १८ : ००
मोरङ । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।
अच्छामीले ६ हजार ३ सय ३० मतभार पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपानी काँग्रेसका निरबहादुर विकले २७ सय १८ मत पाएका छन् भने समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएका छन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फको सदस्यमा निर्वाचित भएका हुन् ।
महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएकी छिन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण