श्रीमतीलाई जलाएको आरोपमा पक्राउ
सिरहाको औरही गाउँपालिका ५ औरही नवटोलीमा आगोले जलेर एक महिला गम्भीर घाइते भएकी छन् शुक्रवार राति ७ बजे घरमा खाना पखाइरहेको बेला स्थानीय विनोद यादवकी श्रीमती २७ वर्षयी अनिता कुमारी यादव एक्कासी शरीरमा आगो लागेर घाइते भएको भनिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट गम्भीर घाइते अनितालाई उनकै पती बिनोदले उपचारको लागि विराटनगर लगेको प्रहरीले जनाएको छ । अनिताको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौें लगेको बताइएको छ । आशाको उपचारमा आमा, बुवा र उनको देउरानी रहेको जनाएको छ ।
घटना संस्कास्पद भएकोले अनिताका श्रीमानलाई मोरङ प्रहरीले नियन्त्रणमा लिई सिरहा ल्याउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । स्थानीयले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकोले घटना शंकास्पद भएको बताएको छ । वैदेशिक रोजगारीबाट करिव ३ महिना अघिमात्र आएका विनोद र अनिताको पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नगरहेको स्थानीयको भनाइ छ ।
प्रहरीले रातिको खाना पकाइरहेको बेला एक्कासी शरीरमा आगो लागेर बाहिर निस्केपछि घरका सवैले जानकारी पाएको भन्ने बुझिए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण