श्रीमतीलाई जलाएको आरोपमा पक्राउ

सिरहाको औरही गाउँपालिका ५ औरही नवटोलीमा आगोले जलेर एक महिला गम्भीर घाइते भएकी छन् शुक्रवार राति ७ बजे घरमा खाना पखाइरहेको बेला स्थानीय विनोद यादवकी श्रीमती २७ वर्षयी अनिता कुमारी यादव एक्कासी शरीरमा आगो लागेर घाइते भएको भनिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट गम्भीर घाइते अनितालाई उनकै पती बिनोदले उपचारको लागि विराटनगर लगेको प्रहरीले जनाएको छ । अनिताको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौें लगेको बताइएको छ । आशाको उपचारमा आमा, बुवा र उनको देउरानी रहेको जनाएको छ ।
घटना संस्कास्पद भएकोले अनिताका श्रीमानलाई मोरङ प्रहरीले नियन्त्रणमा लिई सिरहा ल्याउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । स्थानीयले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकोले घटना शंकास्पद भएको बताएको छ । वैदेशिक रोजगारीबाट करिव ३ महिना अघिमात्र आएका विनोद र अनिताको पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नगरहेको स्थानीयको भनाइ छ ।
प्रहरीले रातिको खाना पकाइरहेको बेला एक्कासी शरीरमा आगो लागेर बाहिर निस्केपछि घरका सवैले जानकारी पाएको भन्ने बुझिए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते
-
जुम्लाको छुमचौर जिउलोमा मार्सीधान रोपाइँ सुरु
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश