कोरोना भाइरसको प्रभावः स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन
एजेन्सी । स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् । चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबार देखि लागू हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ ।
कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ ।
कोरोना भाइसरका कारण चीनमा कम्तीमा एक हजार ३०० व्यक्तिले उपचार सेवा लिइरहेको चीनले बताएको छ । यद्यपि यो सङ्ख्या चीनले भनेकोभन्दा निकै धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सेवामा कार्यरत अन्तर्राट्रिय संघसंस्थाले अनुमान गरेका छन् ।
चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका समय चीनले अति आवश्यक अवस्थामा बाहेक आन्तरिक यात्रामा ननिस्कन शुक्रबारदेखि नै निर्देशन गरेको छ । सरकारले नयाँ वर्षको अवसरमा गरिने ठूला भोज तथा फजुल सामुहिक सभा सम्मेलनका कार्यक्रम नगर्न आग्रह गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण