पोखरा विमानस्थलबाट गोलीसहित पक्राउ
आइतबार, १२ माघ २०७६, २० : ००
पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ ।
यति एयरलाइन्सबाट काठमाडौँ जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आज बिहान उक्त गोलीसहित प्रहरीले पक्राउ गरिएको हो ।
शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार गोलीसहित निजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण