मौसम पूर्वानुमान : आज राति वर्षा र हिमपातको सम्भावना
सोमबार, १३ माघ २०७६, ०८ : ०२
आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
सोमबार दिउँसो देशको पश्चिमी भु(भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ।
यसैगरी राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण