गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।
आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।
माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।
राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण