ललिता निवासको जग्गा अनियमितता गर्नेलाई केही दिनभित्रै कार्बाही हुन्छ: मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटार स्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी छिन् । मन्त्री अर्यालले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र मन्त्रालयले काम गरिरहेको र केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन् । तर अबको केही दिनमा कारबाही गर्ने उनले बताइन् ।
उनले मन्त्रालयले पहिला नै काम सकेको भएपनि अदालतले प्रश्न उठाएका कारण मन्त्रालयले गरेको मिहिनेत खेर गएको समेत बताइन् । उनले भनिन्, ‘बालुवाटारको सन्दर्भमा अख्तियार र सिआईबीले यसमा संलग्न भएका व्यक्तिहरुको बयानसम्म गराउने कुराको निम्ति सयौं संख्याका मान्छेहरुलाई बयान गराउँदाखेरी ढिलो भएको छ, हामी फिर्ता गर्ने तयारीमा थियौं, त्यसो गर्दा आज प्रश्न उठेको छ, हामीले काम गछौं अदालतले प्रश्न उठाएको छ, सरकारले काम गर्छ राम्रो नियतका साथ काम गर्छ अनि अदालतले प्रश्न उठाइदिन्छ, प्रश्न उठाइदिएपछि हाम्रो मिहिनेतहरु खेर गएका छन् , यो विषयमा कहिं कतैबाट प्रश्न उठने ठाउँ नरहोस सबै विधि पु¥याएर जाउँ भन्दा हामीलाई ढिला भएको हो ।’
मन्त्री अर्यालले देशभर जग्गाको व्यवस्थापन गर्न कठिन हुँदै आएको समेत बताइन् । त्यसको समाधानका लागि सरकारले भू–उपयोग ऐन निर्माण गरेको र त्यसमार्फत जमिनको वर्गीकरण र भूमि बैंकको अवधारणा ल्याउन लागेको बताइन् । अब जग्गाको कारोबार गर्ने सरकारी निकाय चाहिन्छ भन्ने उद्देश्यले भूमि बैंकलाई जग्गाको कारोबार समेत गर्ने गरी काम अगाडि बढाइएको बताइन् ।
मन्त्री अर्यालले सार्वजनिक सरकारी जग्गा जाँचबुझ आयोगले दिएको प्रतिवेदनअनुसार कूल ४ सय ४६ विगाहा ४३ रोपनी जग्गा फिर्ता गर्नुपर्ने बताइन् । त्यसमा सर्वो जलाधार क्षेत्रको ३ सय ४८ विगाहा अस्पस्ट भएकोले प्रकृया अगाडि बढाएर काम गर्ने तयारी गरेको र वागेश्वरी गुठी नेपालगञ्जको ८४ विगाहा तथा बाँकेको पुर्नवास, मकवानपुर रौतहट, भोजपुर, कास्की लगायतका ठाउँका जग्गा पनि फिर्ता गर्ने प्रकृयामा गएको बताइन् ।
मन्त्री अर्यालले देशभर १३ लाख ३३ हजार ७ सय ८३ वर्गमिटर जग्गाको कारोबार रोक्का गरिएको, २६ हजार १ सय ७६ हेक्टरको पुनः नापि, गाउँ ब्लक र विशेष नापि गरिएको जानकारी समेत दिइन् । त्यस्तै अहिलेसम्म १ सय ८ वटा मालपोत कार्यालयमा अनलाइन सम्पन्न गरिएको र बाँकी कार्यालयलाई पनि अनलाइन गरिने कार्यलाई तिब्रता दिइएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण