विवाह तयारीमा आलिया र रणवीर
मुम्बइ । अभिनेत्री आलिया भट्ट र रणवीर कपुर बलिउडको सबैभन्दा क्युट जोडी हुन् । पछिल्लो समय यी दुईको विवाहको चर्चाले मिडियामा प्रथामिकता पाएको छ ।
तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैनन् । तर, यी दुबैको विवाह यसै वर्ष हुने अनुमान गरिएको छ ।
दुबैले पहिलो पटक एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ हो । जसको सुटिङ चलिरहेको छ । फिल्म अभिनयको सिलसिलमा उनीहरु एकअर्काेको झन् नजिक भएका छन् ।
केही भारतिय मिडियाले फिल्म युनिटका सदस्यलाई उद्घृत गर्दै आलिया र रणवीर बिवाहको तयारीमा जुटेको समाचार समेत बनाएका छन् । समाचारमा उनीहरु हनिमुन डेष्टिनेशनको खोजिमा रहेको समेत उल्लेख गरिएको छ ।
आलिया र रणवीर अभिनित फिल्म ‘ब्रह्मास्त्र’का निर्देशक अयान मुखर्जी हुन् । फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा मौनी राय, नागार्जुन, डिम्पल कपाडिया, प्रतीक बब्बर समेतको अभिनय रहने छ । फिल्मको रिलिज यसै वर्ष हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण