कामना सेवाको अधिकांश वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति

काठमाडौं– कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति गरेको छ ।
राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अगाडि बढेको बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा यस आर्थिक वर्षमा कर्जा तथा सापटीमा ४.२० अर्ब वृद्धि गरी २४.४४ अर्ब पुर्याउन सफल भएको छ ।
त्यसैगरी निक्षेप संकलनतर्फ ५ अर्ब थप गरी कुल निक्षेप २७.९७ अर्ब पुर्याएको छ । समिक्षा अवधिमा कर्जा तथा सापटीतर्फ २०.८० प्रतिशत तथा निक्षेप संकलनतर्फ २१.७७ प्रतिशतको वृद्धि गरेको हो ।
बैंकले ५७.४१ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष ३७.९८ करोड रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १४.८५ करोड पुगेको छ ।
२०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ वटा एटीएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० शाखा तथा १५ वटा एटीएम थप गरी ११४ शाखा र ५८ एटीएम पुर्याउन सफल भएको छ ।
शाखा सञ्जाल विस्तारसँगै प्रविधिको स्तरोन्नती, डिजिटाईजेसन, अटोमेशन जस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११.६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२.३१ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओखलढुंगामा अख्तियारको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान
-
आजदेखि वाइसीएलको सम्मेलन
-
आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मानव तस्करीको नयाँ ‘ट्रेन्ड’ भिजिट भिसा : सेटिङ मिले विदेश, नमिले घर फिर्ता