महालक्ष्मी विकास बैंक आरटीजीएस प्रणालीमा, नेपाल राष्ट्र बैंकसँग गर्यो सम्झौता
काठमाडौं– महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आर. टी. जी. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे ।
देशका १०२ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटीएम, क्यूआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण