अब श्रम स्वीकृतिका लागि बीमा रकम अनलाइनबाटै
श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ ।
सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ ।
बीमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु बाध्यताको पनि अन्त्य भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण