आजको मौसमः केही स्थानमा वर्षा र हिमपात
मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार देशको पश्चिमी भू–भागमा सामान्यदेखि पुर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।
यसैगरी, दिउँसो देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । भने पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथ पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै राति देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण