रुघा–खोकीको संक्रमण देखिएलगत्तै अस्पताल जान सरकारको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो, रुघा, खोकी र श्वासप्रश्वासमा समस्या देखिएमा सिधै अस्पताल जान सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रक्वता महेन्द्र श्रेष्ठले मंगलबार सर्वसाधारणलाई सो आग्रह गरेका हुन् ।
चीनबाट नेपाल आएका यात्रु तथा पर्यटकको अवस्था अहिलेसम्म समान्य अवस्थामा देखिएपनि सामान्य रुघा खोकी देखिएमा एकपटक जाँच गर्दा राम्रो हुने श्रेष्ठले बताए । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटक तथा यात्रुमा भाइरस संक्रमणको आशंका देखिए सिधै अस्पताल पु¥याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत बताए ।
त्यस्तै विमानस्थलमा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको समेत उनको भनाई छ । थर्मल स्क्यानरले यात्रुहरुको शरीरको तापक्रम अटोमेटिक परीक्षण गर्ने उनले बताए । चीनबाट स्थलमार्ग र हवाईमार्ग हुँदै आउने यात्रु तथा पर्यटकलाई चेकजाँच गर्ने विषेश व्यवस्था गरिएको छ ।
चीनबाट फर्किएका २ जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि स्याम्पल परीक्षणका लागि लगिएका २ जनामा भने संक्रमण नभएको पुष्टी भएको शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ । उनीहरु २ जनालाई मंगलबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइसरको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा समेत फैलिएको छ । चीनको वुहानमा उक्त भाइरसको संक्रमण डिसेम्बर महिनादेखि पहिलोपटक देखापरेको हो । अहिले भेटिएको भाइरस सन् २००२–२००३ मा चीन र हङकङमा फैलिएको सार्स प्रकोपको भाइरस कै एक प्रजाति भएको बताइएको छ । सार्स जत्तिनै खतरनाक नभए पनि भाइरसले कुनै समय आफ्नो जिनमा परिवर्तन गर्न सक्ने विज्ञहरुले बताएका छन् । सार्सको प्रकोप ३७ देशमा फैलिएको थियो भने त्यसको संक्रमणबाट ७५० जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण