रुघा–खोकीको संक्रमण देखिएलगत्तै अस्पताल जान सरकारको आह्वान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो, रुघा, खोकी र श्वासप्रश्वासमा समस्या देखिएमा सिधै अस्पताल जान सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रक्वता महेन्द्र श्रेष्ठले मंगलबार सर्वसाधारणलाई सो आग्रह गरेका हुन् ।
चीनबाट नेपाल आएका यात्रु तथा पर्यटकको अवस्था अहिलेसम्म समान्य अवस्थामा देखिएपनि सामान्य रुघा खोकी देखिएमा एकपटक जाँच गर्दा राम्रो हुने श्रेष्ठले बताए । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटक तथा यात्रुमा भाइरस संक्रमणको आशंका देखिए सिधै अस्पताल पु¥याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत बताए ।
त्यस्तै विमानस्थलमा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको समेत उनको भनाई छ । थर्मल स्क्यानरले यात्रुहरुको शरीरको तापक्रम अटोमेटिक परीक्षण गर्ने उनले बताए । चीनबाट स्थलमार्ग र हवाईमार्ग हुँदै आउने यात्रु तथा पर्यटकलाई चेकजाँच गर्ने विषेश व्यवस्था गरिएको छ ।
चीनबाट फर्किएका २ जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि स्याम्पल परीक्षणका लागि लगिएका २ जनामा भने संक्रमण नभएको पुष्टी भएको शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ । उनीहरु २ जनालाई मंगलबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइसरको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा समेत फैलिएको छ । चीनको वुहानमा उक्त भाइरसको संक्रमण डिसेम्बर महिनादेखि पहिलोपटक देखापरेको हो । अहिले भेटिएको भाइरस सन् २००२–२००३ मा चीन र हङकङमा फैलिएको सार्स प्रकोपको भाइरस कै एक प्रजाति भएको बताइएको छ । सार्स जत्तिनै खतरनाक नभए पनि भाइरसले कुनै समय आफ्नो जिनमा परिवर्तन गर्न सक्ने विज्ञहरुले बताएका छन् । सार्सको प्रकोप ३७ देशमा फैलिएको थियो भने त्यसको संक्रमणबाट ७५० जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने