कोरोना संक्रमण त्रासः रसुवागढी नाका १५ दिनसम्म बन्द
बुधबार, १५ माघ २०७६, ०६ : ५०
उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले, केरुङतर्फ जाने सडकमा हिउँ परेकाले, ढुंगा खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्व भएकाले नाका बन्द गरिएको गुल्मपति थापाले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण