काठमाडौँमा बंगलादेशीको हत्या प्रकरण : रक्सीको बोतल हानेर साथीले नै गरे हत्या
काठमाडौँ। साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्यामा उनकै साथीको संलग्नता रहेको खुल्न आएको छ । बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा हत्यामा उनकै साथी दुल्लाहमियाँको संलग्नता रहेको खुल्न आएको हो । हत्यापछि उनी फरार भएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्यासिनोको लत लागेका मोहिद्दिन गत माघ ६ गते साथी दुल्लाहमियाँलाई लिएर हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए भने सोही रात होटलमा दुई जना मिलेर मदिरा सेवन गरेका थिए ।
मदिरा सेवनका क्रममा उनीहरुबीच आपसी विवाद हुन पुगेको थियो । यहीबीचमा ४५ वर्षीय मोहिद्दिनलाई दुल्लाहमियाँले सुतेको मौका छोपी दाहिने आँखामा नखोलिएकै मदिराको बोतलले प्रहार गरेका थिए । त्यसपछि बेहोस बनेका मोहिद्दिनलाई दुल्लाहमियाँले फुटेको बोतलका सिसाहरु मुखमा कोचाएर विभत्स हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटना माघ ७ गते बिहान ५ बजेतिरको भएपछि होटल सञ्चालकले त्यसको भोलिपल्ट अर्थात ८ गतेमात्रै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना रहस्यमय भएको भन्दै सुरुमा होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको भएपनि साथीको संलग्नता देखिएको भन्दै होटल सञ्चालकलाई रिहा गरिसकेको छ ।
महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डीएसपी रुगम कुँवरले मोहिद्दिनको हत्या साथीबाटै भएको खुल्न आएको बताए । प्रहरीले उनी कलंकीबाट भाडाको बसमार्फत वीरगन्जतर्फ फरार भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण