टिपरले किचेर मृत्यु, पीडित परिवारले शव बुझेनन्
वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा मङ्गलबार टिपरले किचेर मृत्यु भएका कालिकोट महावै गाउँपालिका– ३ सिमखेत २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेका छैनन् ।
भे१ख २२४२ नंको टिपरले भे१प २१७८ नंको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिविना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरुले आज साँझ ६ः३० बजे सडकमा प्रदर्शन गरेका थिए ।
मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । पीडित परिवारले टिपर धनी हरि बिसी नआउञ्जेल र उचित क्षतिपूति उपलब्ध नगरुञ्जेल शव नबुझ्ने र बिहीबार सडक यातायात बन्द गर्ने तथा बाँकी सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबारसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण