कोरोना भाइरसः ज्याक मा, बिल गेट्स, टिकटकले दिए चारवटा अस्पताल बन्ने पैसा
चीनबाट संसारभरी फैलिरहेको नोवेल कोरोनाभाइरसका ७ हजार ८ सय ९२ जना व्यक्ति संक्रमित छन् । यीमध्ये ७ हजार ७ सय ७१ जना त चीनमा मात्रै छन् । यो भाइरसको संक्रमणका कारण बुधबारसम्म मृतकको संख्या १ सय ७० पुगेको छ । यसैबीच संसारभरीका धनी व्यक्ति कोरोनाभाइरसबाट लड्नका लागि एकजुट भएका छन् । यी सबैले करिब २७२.३ मिलियन डलर ३१ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । यसमा सबैभन्दा धेरै ज्याक माले दिएका छन् । यति पैसामा चीनले कोरोनाभाइरसबाट पीडित व्यक्तिका लागि चारवटा अस्पताल बनाउन सक्ने बताइएको छ ।
चीनका दोस्रो सर्वाधिक व्यक्ति ज्याक माको कम्पनी अली बाबाले आफूले बुहानसमेत चीनको सबै अस्पतालमा औषधीका लागि १ सय ४४ मिलियन डलर सहयोग दिने घोषणा गरेका थिए । उनले यसको केही रकम कोरोनाभाइरसको इन्जेक्सन विकसित गर्ने संस्थालाई पनि दिने बताएका छन् ।
टिकटक भिडियाको कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनमा कोरोनाभाइरसका बिरामीको मद्दत, उपचार र औषधीका लागि ११५ मिलियन डलर घोषणा गरेको छ । यो राशी बुहानमा बनिरहेको हजार शय्याको बेड भएको अस्पतालका लागि निर्धारित गरिएको छ ।
यीबाहेक अमेरिकी धनाढ्य बिल गेट्सको बिल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेशनले १० मिलियन डलर कोरोनाभाइरसको उपचार र पीडितलाई दिने बताएका छन् । साथै, फ्रान्सका अर्बपती फ्रेन्कोइस पिनाल्टले ३.३ मिलियन डलर रकम दिने घोषणा गरेका छन् ।
चीनका राष्ट्रपति शी जिनपिंगले कोरोनाभाइरसबाट मानिसहरुलाई बचाउन र उनीहरुको मद्दतका लागि आफ्नो सेना तैनाथ गर्न आदेश दिएका छन् ।
चीनमा जन्मिएको कोरोनाभाइरस अहिलेसम्म संसारभरीका १७ देशमा फैलिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण (तस्बिरहरू)
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण