शहीदका सपना साकार बनाउन इमान्दारीका साथ भूमिका निर्वाह गरौँः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने बताएकी छिन् । ‘शहीद दिवस, २०७६’ का अवसरमा आज सन्देश जारी गर्दै उनले शहीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिले शहीद दिवसले सम्पूर्ण राजनीतिक दल, जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि शहादत प्राप्त गरेका शहीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेकी छिन् ।
देश र जनताको लागि आफ्नो जीवनको आहूति दिने शहीदप्रति श्रद्धा, सम्मान र स्मरणस्वरूप विविध रचनात्मक कार्यक्रम गरी शहीद दिवस मनाउँदै आइएको स्मरण गर्दै उनले तिनको त्याग र वलिदानको प्रतिफलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएका छन् । सन्देशमा राष्ट्रपतिले राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि पनि अर्पण गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण