अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
बिहीबार, १६ माघ २०७६, १८ : २२

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्रै इजलासमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख लिएर उपस्थित हुन आदेश दिएको हो ।
बिहीबार दिएको आदेशमा भनिएको छ, ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न सकिन्न ।’
शर्मा जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो । यसअघि पनि आयोगका सचिवलाई सम्बोधन गरि २०७५ कात्तिक ८ र फागुन २३ गते यस्तै आदेश जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ‘एट द टिपिङ प्वइन्टः आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ प्रदर्शनी (तस्बिरहरु)
-
सप्तरी–सिराहा सडकको नयाँ ट्रयाक खुल्दै
-
सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद
-
दृष्टि
-
बाजुरा आगलागी : ३५ पसलमा आठ करोड बढीको क्षति
-
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु