ट्रम्पको मध्यपूर्व शान्ति योजना ‘हास्यास्पद’: इरान
एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनालाई ‘हास्यास्पद’ भएको टिप्पणी गरेका छन् । तास्नीम समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचार अनुसार ट्रम्पको योजना चर्चाका लागि मात्रै भएको रौहानीको भनाइ छ ।
‘यो मुर्खतापूर्ण हल्ला हो,’ रौहानीले भने, ‘ट्रम्पले मध्यपूर्व शान्ति स्थापनाका लागि भन्दै प्रस्तुत गरेको प्रस्ताव खारेज गर्न ह्वाईट हाउसलाई सुझाव दिन्छु ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले यस योजनालाई ‘शताब्दीकै राम्रो योजना’का रूपमा व्याख्या गरिरहेका बेला इरानी राष्ट्रपति रौहानीले भने ठीक विपरित संज्ञा दिए ।
राष्ट्रपति ट्रम्पले वहुप्रतिक्षीत मध्यपूर्व शान्ति योजना गत मङ्गलबार सार्वजनिक गरेका थिए । उनको योजनालाई रौहानीले झै प्यालेस्टिानीले यसअघि नै अस्विकार गरिसकेको छ । प्यालेस्टाइनले ट्रम्पको योजना इजरायलको पक्षमा रहेको भन्दै यसलाई मान्न आफू वाध्य नभएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
-
स्वास्थ्य प्रतिष्ठानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप
-
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
-
महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण
-
यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण