मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु

शुक्रबार, १७ माघ २०७६, १० : ४५
शुक्रबार, १७ माघ २०७६

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप