शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतलाई सुपर ओभरको मेसो

शुक्रबार, १७ माघ २०७६, १८ : ५७
शुक्रबार, १७ माघ २०७६

एजेन्सी । भारतले लगातार दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा जित निकालेको छ । शुक्रबार (आज) भएको खेलमा भारतले न्युजिल्यान्डलाई सुपर ओभरमा हराएको हो । भरातले लगातार दोस्रो खेलमा सुपर ओभरमा जित निकालेको हो । सुपर ओभरमा न्युजिल्यान्डले दिएको १४ रनको विजय लक्ष्य पाएको भारतले १६ रन बनायो ।

निर्धारित २० ओभरको खेलमा भारतले दिएको एक सय ६६ रनको विजय लक्ष्य पछ्याएको  न्युजिल्यान्ड फेरि बराबरीमा रकेकिको थियो । न्युजिल्यान्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६५ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

यसअघि न्युजिल्यान्डका लागि ओपनर कोलिन मुनरोले ६४ रन बनाए । टिम सेफर्टले ५७ र रस टेलरले २४ रन बनाए । भारतका जसप्रित बुमराह, शार्दुल ठाकुर र युजभेन्द्र चहलले एक एक विकेट लिए । यसैगरी टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । रोहित शर्मालाई आराम दिएको खेलमा मनिष पान्डेले ५० रन बनाए । लोकेश राहुलले ३९, शार्दुल ठाकुरले २०, तथा कप्तान विराट कोहली र नवदिप सैनीले समान ११ रन बनाए ।

न्युजिल्यान्डका ईश सोधीले तीन विकेट लिए । हमिश बेनेटले दुई, मिचेल सान्टनार, स्कर्ट कुग्गेलेइजन र टिम साउथीले एक एक विकेट लिए । यसअघिनै पाँच खेलको सिरिज जितिसकेको भारतले यस जितसँगै सिरिजमा ४–० को अग्रता लिएको छ । अन्तिम खेल आइतबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप