भारतलाई सुपर ओभरको मेसो
एजेन्सी । भारतले लगातार दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा जित निकालेको छ । शुक्रबार (आज) भएको खेलमा भारतले न्युजिल्यान्डलाई सुपर ओभरमा हराएको हो । भरातले लगातार दोस्रो खेलमा सुपर ओभरमा जित निकालेको हो । सुपर ओभरमा न्युजिल्यान्डले दिएको १४ रनको विजय लक्ष्य पाएको भारतले १६ रन बनायो ।
निर्धारित २० ओभरको खेलमा भारतले दिएको एक सय ६६ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्यान्ड फेरि बराबरीमा रकेकिको थियो । न्युजिल्यान्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६५ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
यसअघि न्युजिल्यान्डका लागि ओपनर कोलिन मुनरोले ६४ रन बनाए । टिम सेफर्टले ५७ र रस टेलरले २४ रन बनाए । भारतका जसप्रित बुमराह, शार्दुल ठाकुर र युजभेन्द्र चहलले एक एक विकेट लिए । यसैगरी टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । रोहित शर्मालाई आराम दिएको खेलमा मनिष पान्डेले ५० रन बनाए । लोकेश राहुलले ३९, शार्दुल ठाकुरले २०, तथा कप्तान विराट कोहली र नवदिप सैनीले समान ११ रन बनाए ।
न्युजिल्यान्डका ईश सोधीले तीन विकेट लिए । हमिश बेनेटले दुई, मिचेल सान्टनार, स्कर्ट कुग्गेलेइजन र टिम साउथीले एक एक विकेट लिए । यसअघिनै पाँच खेलको सिरिज जितिसकेको भारतले यस जितसँगै सिरिजमा ४–० को अग्रता लिएको छ । अन्तिम खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण