भारतले वुहानमा रहेका ३२४ भारतीयलाई विशेष विमानबाट फिर्ता ल्यायो
कोरोनाभाइरस संक्रमणले गम्भिर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका भारतीयलाई देश फिर्ता गरेको छ ।
३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्ली पुग्यो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।
विमान शुक्रबार राती वुहानबाट उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ ।
यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो ।
मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ ।
उता, चीनमा कोरोनाभाइरसको कारण मर्नेको संख्या २५९ पुगिसेको छ भने झण्डै १२ हजार मानिस भाइरस संक्रमित भएका छन् ।
शुक्रबार विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको विस्तारलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा ग¥यो । कोरोना भाइरस अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ ।
तथापि कोरोना भाइरसबाट मर्ने मानिस चीनभित्रका मात्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण