अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थित हुन्छन्ः राज्यमन्त्री मानन्धर
काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले विकासका पूर्वाधार निर्माणमा आधार तयार पारेको बताउँदै आगामी वर्षदेखि देखिनेगरी विकासका प्रतिफल प्राप्तहुने दावी गरेका छन् ।
सामुदायिक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री मानन्धरले यस्तो बताएका हुन् ।
उनले काठमाडौं उपत्यकाको सडकमा भएका खाल्डाखुल्डी पुर्ने र नयाँ पिच गर्ने कामलाई तिव्रता दिइएको बताउँदै अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थित र धुलोरहित हुने समेत दावी गरे ।
यस्तै मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक गुठी संसक्षण र सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिइनु उपयुक्त हुने समेत बताएका छन् ।
काठमाडौं उपत्यकाको सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानीय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने उनको भनाइ छ ।
सरकारले देशभरका साँस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई वैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको बताउँदै मानन्धरले कतिपय स्थानहरुमा गुठीका जग्गाहरुको विवाद देखिएको बताए ।
उपत्यकाको गुठीहरुमा जग्गाको विवाद नरहेको बताउँदै मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रुपले हेर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण