मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘उहिलेका कुरा र अहिलेका कुरा’ विमोचन

आइतबार, १९ माघ २०७६, १० : २६
आइतबार, १९ माघ २०७६

वरिष्ठ साहित्यकार डा• महेश्वर शर्माको २७औ सृजना ‘उहिलेका कुरा र अहिलेका कुरा’ बिमोचन भएको छ।

पुस्तक विमोचन गर्दै वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले नेपाली महिलाको अबस्था र हाम्रो सोच परिबर्तन गर्नका लागि अझै धेरै लेख्नुपर्ने छ  भन्दै लेखक अथवा सृजनाकर्मीको कलम समाजका लागि हुनुपर्ने बताए ।

देशको सीमा सुरक्षा राजनीतिले गर्ने हो भन्दै जेष्ठ नागरिकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सीमाबारे कुरा गरेको बताए । लिम्पियाधुरा हाम्रो हो अरूले नक्सामा राखे हाम्रो नक्सामा खोइ भनेर प्रश्न गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा मन्त्री नरहरि आचार्यले लेखकिय स्तन्त्रता नभएको पन्चायतको समयमा पनि पत्रिका प्रकाशनमा महेश्वर शर्माले दिएको हौसला र प्रेरणालाई स्मरण गरे। शर्मा सकारात्मक उर्जा र प्रेरणाको श्रोत भएको बताए ।

नेता आचार्यले २००८ सालदेखि लेख्न थालेका शर्माले प्रशासनिक सेनावाट निवृत्त भएपछि सक्रिय रूपमा विभिन्न विधामा थुप्रै किताब प्रकाशन गरेको बताए। आचार्यले मानिस सक्रिय जीवनमा रहदासम्म निवृत्त हुदैन भने।

डा• रजनी ढकालले पुस्तक समीक्षा गर्दै बिषयको गहिराइमा पुग्नु नै लेखकको खुबी हो । समाजमा रहेको नारी पीडालाई यो पुस्तकले देखाएको बताइन्।

कार्यक्रममा, पुस्तक लेखक डा महेश्वर शर्माले आफुले मन भुलाउन लेख्ने गरेको भन्दै मुल्याङन गर्ने जिम्मा पाठक श्रोतालाई सुम्पिएको बताए ।

राजनीति, प्रशासनिक क्षेत्रबाट आफ्नो बिशिष्ट परिचय बनाउन सफल भएका शर्माले लेखनीको शुभारम्भ भने २००८ सालबाट गरी जागिरे जिबनबाट निबृत्त भएपछि यसलाई तिब्रता दिदै ८९ औ जन्म जयन्तीको अबसरसम्म आइपुग्दा २७वटा कृति सार्वजनिक गरिसकेका छन् ।
 
गण्डकी साहित्य परिषदको आयोजनामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार, लेखक, पूर्बमन्त्री, राजनीतिज्ञ, पेशा ब्यावसायी, पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम परिषदका अध्यक्ष प्रेमराज लुईटेलको सभापतित्वमा भएको थियो भने साहित्यकार शारदा शर्माले धन्यवाद तथा रमेश शुभेच्छुकले स्वागत मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप