सन्दीपले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने
आइतबार, १९ माघ २०७६, २१ : ०२
काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले माघ २२ गतेदेखि हुने आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८,८४८ रुपैयाँ चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सहयोग गर्ने भएका छन् ।
सन्दीपले आइतबार सामाजिक सञ्जालबाट सिरिजमा आफुले लिने प्रत्येक विकेट बराबर उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।
सन्दीपले नेपाली क्रिकेट समर्थकलाई धेरै विकेट लिन आफुलाई शुभकामना दिन आग्रह पनि गरेका छन् । ‘म नेपाल क्रिकेटलाई एक शक्तिको रुपमा हेर्न चाहान्छु । जसलाई कसैले बेवास्ता गर्न सक्दैनन् । नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण चाँडै नै यथार्थमा परिणत हुनेछ,’ उनले भनेका छन् ।
कीर्तिपुर मैदानमा २९ गतेसम्म चल्ने सिरिजमा नेपाल, अमेरिका र ओमनबीच प्रतिस्पर्धा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण