राप्रपा महाधिवेशन आगामी जेठमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
यही माघ १७ गतेदेखि काठमाडौँमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरेको छ ।
निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन पारित गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो । धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहित गर्न तथा यस्ता कार्यमा संलग्नलाई कडा कारवाही गर्न बैठकले सरकारसँग माग गरेको छ ।
हिन्दू राष्ट्रलगायत लोकतन्त्रको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानजस्ता विषयलाई लिएर फागुन र चैतमा विभिन्न जिल्लामा स्वाभिमान यात्रा सञ्चालन गरिने पार्टीले जनाएको छ ।
नेपालको पूर्वाधार विकासको निमित्त अमेरिकी सरकारको आर्थिक सहायताका देखापरेका विवाद र बहसका बारेमा धारणा स्पष्ट पार्न सरकारसँग आग्रह गर्दै बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नेपालको अविभाज्य भूमि भएकाले अतिक्रमित भूमि फिर्ता गराउन तथा कालापानीबाट भारतीय सेना फिर्ता गराउन प्रभावकारी कूटनीतिक प्रयास चाल्न सरकारसँग माग गरेको छ ।
बैठकले चीनमा कोरोना भाइरसबाट प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र सङ्क्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधा उपचारको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण