अरुण तेस्रो जलविद्युत् : नेपाल र भारतका ६ बैंकले १ खर्ब लगानी गर्दै
लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना (९०० मेगावाट) को वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर आधा दर्जन बैंकसँग ऋण लगानी सम्झौता गर्ने तयारी कम्पनीको छ ।
भारत सरकारको लगानीमा निर्माणाधीन यस परियोजनाको प्रवर्द्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले बिहीवार हुने फाइनान्सियल क्लोजरको तयारी अन्तिम चरणमा पुगेको बताए ।
‘परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ । बिहीवार औपचारिक समारोहबीच सम्बद्ध बैंकहरूसँग ऋण लगानी सम्झौता गर्छाैं,’ उनले बताए । धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका ६ बैंकले रू. १ खर्ब १ अर्ब ६० करोड (भारू ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गर्दै छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमत कायमै रहँदा प्रधानमन्त्रीले किन लिँदैछन् विश्वासको मत ?
-
दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा
-
कांग्रेसको अवरोधका बिच सदन चलाएरै छाड्ने ओलीको दाबी
-
के गर्दैछन् उपेन्द्र यादवसँग छुट्टिएका नेता ?
-
फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाएको बैठक स्थगित