नेपाल चिकित्सक संघ चुनाव, १३ पदका लागि दुई प्यानल मैदानमा (भिडियो)
काठमाडौँ । नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ ।
संघको केन्द्रीय कार्यालय काठमाडौंको भृकुटीमण्डप स्थीत प्रदर्शनिमार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताए ।
यादवले दुईचरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न भइसकेको बताए ।
पहिलो चरणमा तीन दिन सम्म भएको मतदानमा कुल २ हजार ८ सय ५१ मत खसेको उनले जानकारी दिए ।
दोस्रो चरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खसेको उनले बताए ।
संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह तर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशील समूह तर्फ डा. पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन् । त्यस्तै महासचिवमा २ जना र सदस्यमा २ जना चिकित्सकले स्वतन्त्र उम्मेद्धवारी रहेको यादवले बताए ।
चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि मात्र मतगणना शुरु हुने यादवले जानकारी दिए । मतदान मंगलबार सम्म जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण