मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल चिकित्सक संघ चुनाव, १३ पदका लागि दुई प्यानल मैदानमा (भिडियो)

सोमबार, २० माघ २०७६, १२ : ४४
सोमबार, २० माघ २०७६

काठमाडौँ । नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ ।

संघको केन्द्रीय कार्यालय काठमाडौंको भृकुटीमण्डप स्थीत प्रदर्शनिमार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताए । 

यादवले दुईचरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न भइसकेको बताए । 

पहिलो चरणमा तीन दिन सम्म भएको मतदानमा कुल २ हजार ८ सय ५१ मत खसेको उनले जानकारी दिए । 

 दोस्रो चरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खसेको उनले बताए । 

संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह तर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशील समूह तर्फ डा. पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन् । त्यस्तै महासचिवमा २ जना र सदस्यमा २ जना चिकित्सकले स्वतन्त्र उम्मेद्धवारी रहेको यादवले बताए । 

चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि मात्र मतगणना शुरु हुने यादवले जानकारी दिए । मतदान मंगलबार सम्म जारी रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप