विकास बोर्डले राम्रो नेतृत्व पाउँछः कोमल वली
दाङ । नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद केही महिनायता रिक्त रहेको छ । गत मंसिर २९ गते बहालवाला अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि उक्त पद खाली भएको हो ।
बोडमा अध्यक्षमा कस्तो व्यक्ति आउँछ । यस्तो व्यक्ति चाहिन्छ, ल्याउनु पर्छ भन्ने विषयमा विभिन्न बहसहरु समेत भइरहेका छन् ।
कलाकार एवम् राष्ट्रियसभा सदस्य कोमल वलीले बोर्ड अध्यक्षको आकांक्षी धेरै देखिएपनि चलचित्र क्षेत्र बुझेको तथा विकास बोर्डलाई हाँक्न सक्ने सक्षम व्यक्ति आउने बताएकी छन् ।
चलचित्र पत्रकार संघ दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद ओलीले नेपाल सरकारले विकास बोर्ड अध्यक्ष छनोटको प्रक्रिया अगाडि बढाइसकेको समेत जानकारी दिइन् । अबको केही दिनमै बोर्डले अध्यक्ष पाउने कार्यक्रममा उनको भनाइ रहेको थियो ।
बोर्डका लागि अभिनेता राजेश हमाल, नायक एवं निर्माता भुवन केसी, वरिष्ठ निर्देशक तथा हालका विकास बोर्ड सदस्य दयाराम दाहाल, निर्देशक केपी पाठक, कलाकार नवल खड्का लगायतको नाम भावी अध्यक्षको रुपमा चर्चा रहेको छ ।
‘नाम अहिले लिन चाहन्नँ । तर सबैले चिनेको र काम गर्न सक्ने व्यक्ति भने अवस्य आउँछ’ कार्यक्रममा ओलीले अगाडि भनिन् ‘त्यो व्यक्ति अहिले अध्यक्षको आकांक्षीको रुपमा चर्चामा आएको नाम पनि हुन सक्छ । नहुन पनि सक्छ ।’
अध्यक्ष भन्दापनि चलचित्र क्षेत्रका लागि महत्त्वपूर्ण विषय राष्ट्रिय चलचित्र नीति हो । यो पास भयो भने कलाकार तथा चलचित्रकर्मीको हकहित एवं समग्र चलचित्र क्षेत्रको विकास हुने ओलीको भनाइ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण