नाडा प्रतिनिधि मण्डल र उद्योग मन्त्रालयका सचिव बीच छलफल
काठमाडौं– नाडाको प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसँग छलफल गरेको छ ।
अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको सात सदस्यिय नाडा प्रतिनिधि मण्डलले उद्योग मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसँग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको छ ।
उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुँदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरेका थिए । उक्त छलफलमा उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।
सोहि छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले यसबारे केहि दिन भित्रै नेपाल राष्ट्र बैङ्क, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भञ्सार कार्यालयहरुसँग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण