राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पटवालले किन दिए राजीनामा ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले आइतबार पदबाट राजीनामा दिएका छन् ।
कीर्तिपुरमा माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, आमोन र अमेरिकाबीच त्रिकोणात्मक सिरिज सकिएसँगै लागू हुने गरी पटवालले राजीनामा दिएका हुन् ।
पटवालले आफ्नो राजीनामा आईसीसीमा पठाएको र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि वोधार्थ गराएका छन् । क्यानका महासचिव अशेकनाथ प्याकुरेलले भने पटवालको राजीनामा दिएको विषय समाचार पढेर मात्र थाहा पाएको बताए ।
उनले क्यानमा राजीनामा पत्र नआएको पनि स्पष्ट पारे । पटवाल पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग असन्तुष्ट रहँदै आएको बुझिएको छ । आइसीसीले क्यानलाई निलम्बन गरेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पटवाललाई सन् २०१९ को जुनमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक बनाईएको थियो ।
उनी पहिला पनि नेपाली टोलीको कन्सल्ट्यान्ट ब्याटिङक प्रशिक्षक थिए । नेपालमा पटवाललाई मासिक सात हजार अमेरिकी डलर पाउने गरी मुख्य प्रशिक्षक बनाइए पनि तलबमा कर लगाएका कारण उनी असन्तुष्ट थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण