आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गृहसचिव राईको औपचारिक विदाई, नयाँ जिम्मेवारी पाउने

सोमबार, २० माघ २०७६, १९ : ३९
सोमबार, २० माघ २०७६

काठमाडौं । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको सोमबार एक औपचारिक कार्यक्रमकाबीच विदाई गरिएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उनले विदाई गरेका हुन् । २२ महिना गृहसचिवको जिम्मेवारी सम्हाल्नुभएका राईले आइतबारबाट लागू हुनेगरी यसअघि नै राजीनामा दिएका थिए ।

विदाई कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले गृहसचिवबाट विदाई गरिएपनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताएका छन् । ‘उहाँ गृहसचिवबाट मात्रै विदाई हुनुभएको हो । उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौँ’, मन्त्री थापाले भने ।

थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सरकारले गरेको बुझिाएको छ । थापाले राईको इमान्दारिता, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताएका छन् । 

विदाई कार्यक्रममा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको बताए । प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रकृया लगायतका सुधारका काम आफ्नो कार्यकालमा भएको उनले बताए । राईले गृहमन्त्रीको आँट र सहयोगकै कारण सुनकाण्ड, सिण्डिकेट अन्त्य लगायतका कामहरु भएको बताए ।

राईले अवकाश हुनु ३ दिन अगाडि नै राजीनामा दिएका थिए । राईसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल, सचिवहरु गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि २२ माघबाट अनिवार्य अवकाश पाउँदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप