नेपाली मूलका निर्मल अर्यालले दिए फ्रान्सेली चुनावमा उम्मेदवारी
लन्डन । फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मूलका निर्मल अर्यालले आफू रहेको इलाका ओभरभिलिय नगरपालिकामा उप–प्रमुख पदका लागि उम्मेदवारी दिएको बताएका छन् ।
फ्रान्समा समेत अध्ययन गरेका कारण अर्यालले फ्रेन्च समुदायसँग र त्यहाँका सामाजिक कार्यकर्ताहरूसँग राम्रोसँग घुलमिल र नजिकबाट चिनिने मौका पाएकाले सो क्षेत्रमा उनको राम्रो पकड रहेको बताइएको छ ।
अर्याल गोरखा बजारमा जन्मेर सानै उमेरदेखि फ्रान्समा बसोबास गर्दै आएका हुन् । उनी एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष समेत हुन् ।
विभिन्न सामाजिक कार्यमा संलग्न अर्याल पेशाले इन्जिनियर हुन् । फ्रेन्च भाषाको समस्याको कारण धेरै नेपाली तथा नेपाली मूलका व्यक्तिहरुको त्यहाँको राजनीतिमा कमै मात्रामा सहभागीता रहेको छ ।
निर्वाचनको पहिलोचरणमा अत्याधिक बहुमत ल्याउने अर्थात् ५० प्रतिशत भन्दामाथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लाग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशतभन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ ।
पहिलो चरणमा अत्याधिक बहुमत नआए न्युनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ । दोस्रो राउण्डमा जाने लिष्टहरू मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशतभन्दा माथी भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ ।
दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपंक्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनुपर्ने प्रावधान छ । लिष्ट तय गर्दा पार्टी अथवा समुहले पुरुष महिला पालैपालो मिलाउनु पर्छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ ।
फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका मानिन्छ । यो नगरपालिकामा करीब ८५ हजार जनसंख्या रहेको छ । अर्यालले उमेद्वारी दिएको समूहलाई फ्रान्सको सोसियलिष्ट पार्टी लगाएत अन्य थुप्रै सानातिना पार्टीको पनि समर्थन रहेको छ । यो समूहको मुल नारा “एक दिगो र साझेदारी परियोजनाको लागि” भन्ने रहेको छ । जसले फ्रेन्च मतदाताको मन पगाल्न सक्दछ । फ्रान्सको स्थानियतहको समयावधि ६ वर्षसम्मका लागि हुने छ ।
लामो समयदेखि सामाजिक कार्यमा लागिपरेको कारणले गर्दा फ्रान्सको राजनीतिमा आउन उत्प्रेरित भएको कुरा अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण