गोहीले पेटमा ढुंगा बोकेको हुन्छ, जसले जाँतोको काम गर्छ !
शीर्षक पढ्दा तपाईंलाई अवश्य पनि आश्चर्य लाग्न सक्छ– कस्तो अचम्म गोहीले पनि कतै पेटमा ढुंगा बोकेको हुन्छ र ? तर आश्चर्य नमान्नुहोस् यो कुरा शतप्रतिशत साँचो हो ।
एउटा वयस्क गोहीले आफ्नो पेट (आमाशय) मा आफ्नो शरीरको तौलको एक प्रतिशत जति ढुंगा बोकेको हुन्छ ।
तपाईंलाई अवश्य पनि जान्न मन लाग्ला– त्यसरी गोहीले पेटमा ढुंगा बोक्नुको कारण चाहिँ के होला त ? वास्तवमा, त्यो ढुंगाले गोहीलाई खाना पचाउन मद्दत गर्छ ।
गोहीको आमाशयमा दुईवटा खण्ड हुन्छन् । ठूलो खण्डमा चाहिँ अत्यन्तै मसिना स–साना चिल्ला ढुंगाहरु (Pebbles) रहेका हुन्छन् ।
जब गोहीले खानेकुरा खान्छ, यसले आफ्नो तीखो दाँतले शिकारलाई च्यात्छ र निल्छ । रमाइलो कुरा के छ भने गोहीले शिकारलाई लुछेर निल्न त सक्छ तर चपाउन भने सक्दैन । अर्थात् गोहीले आफ्ना शिकारलाई लुछेर ठूलो चोक्टा नचपाइकन नै निल्ने गर्छ । त्यसरी निलेको चोक्टा आमाशयमा पुगेपछि त्यहाँ पाचन रसहरुले त्यसलाई गलाउन थाल्छन् ।
यसबीचमा गोहीले पटक पटक शरीरलाई ढाड र पेटतिर फन्फन्ती घुमाउँदै फन्को लगाइरहेको हुन्छ । त्यो प्रक्रियासँगसँगै आमाशयमा रहेका ढुंगाहरु पनि भोजन वरिपरि घुमेर त्यसलाई जाँतोले झै पिध्न थाल्छन् । फलस्वरुप, गोहीले त्यसरी खाएको खानेकुरालाई सहजै पचाउन मद्द गर्छ ।
यसबाहेक, गोहीको शरीरमा रहेका ती ढुंगाहरुले गोहीलाई लामो समयसम्म पानीमा डुबेर बस्न समेत मद्दत गर्छ भन्ने विश्वास गरिन्छ ।
Title photo: https://www.geek.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण