जन्मदिनमा नेयमार फेरि घाइते
ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार नेयमार आफ्नो जन्मदिनताका ‘घाइते’ हुने शृङ्खला यो वर्ष पनि दोहोरिएको छ ।
करङ्गमा चोट लागेको भन्दै नेयमारलाई मङ्गलबार हुने नान्टेसविरुको टोलीमा समावेस गरिएको छैन । गत शनिबार मोन्टिपेलियरबिरुद्धको खेलमा नेयमार घाइते भएको बताइएको छ । पीएसजीले सोमबार नेयमारको स्वास्थ्य परिक्षण गरेको थियो ।
रोचक कुरा, दुई दिनअघि मात्र नेयमार आफ्नो जन्मदिनको भव्य पार्टीको आयोजना गरेका थिए ।
नेयमार बुधबार २८ वर्ष पुग्दैछन् । नेयमारले आफ्नो जन्मदिन भव्यरुपमा मनाउने गरेका छन् । सन् २०१९ मा उनले ५ सय जनालाई आफ्नो जन्मदिनको पार्टीमा आमन्त्रित गरेका थिए ।
संयोग मान्नुपर्छ, बार्सिलोनाका पूर्व खेलाडी पीएसजी आएपछि आफ्नो हरेक जन्मदिनमा घाइते हुने गरेका छन् । सन् २०१८ र २०१९ मा खुट्टामा लागेको चोटका कारण धेरै समय मैदानबाहिर बिताउन बाध्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण