जन्मदिनमा नेयमार फेरि घाइते

ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार नेयमार आफ्नो जन्मदिनताका ‘घाइते’ हुने शृङ्खला यो वर्ष पनि दोहोरिएको छ ।
करङ्गमा चोट लागेको भन्दै नेयमारलाई मङ्गलबार हुने नान्टेसविरुको टोलीमा समावेस गरिएको छैन । गत शनिबार मोन्टिपेलियरबिरुद्धको खेलमा नेयमार घाइते भएको बताइएको छ । पीएसजीले सोमबार नेयमारको स्वास्थ्य परिक्षण गरेको थियो ।
रोचक कुरा, दुई दिनअघि मात्र नेयमार आफ्नो जन्मदिनको भव्य पार्टीको आयोजना गरेका थिए ।
नेयमार बुधबार २८ वर्ष पुग्दैछन् । नेयमारले आफ्नो जन्मदिन भव्यरुपमा मनाउने गरेका छन् । सन् २०१९ मा उनले ५ सय जनालाई आफ्नो जन्मदिनको पार्टीमा आमन्त्रित गरेका थिए ।
संयोग मान्नुपर्छ, बार्सिलोनाका पूर्व खेलाडी पीएसजी आएपछि आफ्नो हरेक जन्मदिनमा घाइते हुने गरेका छन् । सन् २०१८ र २०१९ मा खुट्टामा लागेको चोटका कारण धेरै समय मैदानबाहिर बिताउन बाध्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था
-
एकीकृत समाजवादीका ३३ विभाग झन्डै १ वर्षदेखि अपूर्ण
-
आँखा उपचार नपुगेका ठाउँमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबिच सम्झौता
-
जलवायु कार्यमा योगदान पुर्याउन भारत प्रतिबद्ध छ : मन्त्री यादव
-
जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?