अनुहारभरी रगत लत्पतिएको अवस्थामा भेटियो वडा अध्यक्षको शव
अछाम : अछामको पञ्चदेवल बिनायक नगरपालिक– २ माथिल्लो बिनायकका वडा अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको छ ।
मंगलबार बिहान अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव आज बिहान भेटिएको हो ।
माथिल्लो बिनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने शङ्का गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उनको भनाइ छ ।
बिहान ७ बजे भैसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
घटनास्थल र शवको बारेमा विस्तृत अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिएका छन् ।
मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण