आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनुहारभरी रगत लत्पतिएको अवस्थामा भेटियो वडा अध्यक्षको शव

मङ्गलबार, २१ माघ २०७६, १० : ११
मङ्गलबार, २१ माघ २०७६

अछाम : अछामको पञ्चदेवल बिनायक नगरपालिक– २ माथिल्लो बिनायकका वडा अध्यक्ष पदमबहादुर धामीको शव फेला परेको छ ।  

मंगलबार बिहान अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव आज बिहान भेटिएको हो । 

माथिल्लो बिनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने शङ्का गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उनको भनाइ छ ।

बिहान ७ बजे भैसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घटनास्थल र शवको बारेमा विस्तृत अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिएका छन् । 

मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप