अमेजनका सिइओ जेफ बेजोसविरुद्ध प्रेमिकाका भाइद्वारा मुद्दा दर्ता
अमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी जेफ बेजोसकी प्रेमिका लरेन साञ्चेजका भाइ माइकल साञ्चेजले बेजोसविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन् । बेजोसले लरेन र उनको नीजि तस्बिर र मेसेज माइकलले लीक गराएको आरोप लगाएका थिए ।
माइकलले उक्त आरोप गलत बताउँदै यसका कारण आफ्नो बदनामी भएको जानकारी दिए । उनका अनुसार उनको घरमा एफबीआईले पनि छनविन गरेको जसका कारण छिमेकमा उनको इज्जतमा दाग लागेको छ । अमेरिकी म्यागजिन नेशनल एनक्वायररले गत वर्ष जनवरीमा बेजोस र लरेनको तस्बिरसहित उनीहरुबीचको अफेयरबारे खुलासा गरेको थियो ।
माइकलले फोटो लिक गराए बापत् २ लाख डलर पाएः रिपोर्ट
माइकलका अनुसार बेजोस र लरेनको तस्बिर लिक हुँदा आफू एक जिम्मेवार भाइ र म्यानेजरको भूमिका निभाइरहेका थिए । फोटो लिक हुनुमा आफ्नो कुनै हात नभएको उनले दाबी गरे । गत हप्ता अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले माइकललाई नेशनल एन्क्वायररबाट २ लाख डलर पाएको रिपोर्ट सार्वजनिक गर्यो । सरकारी वकिलसँग लरेनका भाइ माइकलले म्यासेज उपलब्ध गराएको प्रमाण आफूसँग भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण