बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अमेजनका सिइओ जेफ बेजोसविरुद्ध प्रेमिकाका भाइद्वारा मुद्दा दर्ता

मङ्गलबार, २१ माघ २०७६, १२ : ५५
मङ्गलबार, २१ माघ २०७६

अमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी जेफ बेजोसकी प्रेमिका लरेन साञ्चेजका भाइ माइकल साञ्चेजले बेजोसविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन् । बेजोसले लरेन र उनको नीजि तस्बिर र मेसेज माइकलले लीक गराएको आरोप लगाएका थिए ।

माइकलले उक्त आरोप गलत बताउँदै यसका कारण आफ्नो बदनामी भएको जानकारी दिए । उनका अनुसार उनको घरमा एफबीआईले पनि छनविन गरेको जसका कारण छिमेकमा उनको इज्जतमा दाग लागेको छ । अमेरिकी म्यागजिन नेशनल एनक्वायररले गत वर्ष जनवरीमा बेजोस र लरेनको तस्बिरसहित उनीहरुबीचको अफेयरबारे खुलासा गरेको थियो ।

माइकलले फोटो लिक गराए बापत् २ लाख डलर पाएः रिपोर्ट

माइकलका अनुसार बेजोस र लरेनको तस्बिर लिक हुँदा आफू एक जिम्मेवार भाइ र म्यानेजरको भूमिका निभाइरहेका थिए । फोटो लिक हुनुमा आफ्नो कुनै हात नभएको उनले दाबी गरे । गत हप्ता अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले माइकललाई नेशनल एन्क्वायररबाट २ लाख डलर पाएको रिपोर्ट सार्वजनिक गर्यो । सरकारी वकिलसँग लरेनका भाइ माइकलले म्यासेज उपलब्ध गराएको प्रमाण आफूसँग भएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप