उपाध्यक्ष वामदेवले २ नम्बर प्रदेशबाट काम थाल्ने
काठमाडौं । केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष निर्वाचित भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतम २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने भएका छन् ।
संगठन विभाग प्रमुख समेत रहेका गौतमले माघ २२ गते बुधबारबाट २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने जनाएका छन् ।
‘एकताका क्रममा २ नम्बर प्रदेशका विभिन्न पार्टी कमिटीमा विवाद देखिएका छन् । ती विवादहरु जिल्लामै गएर विधि, विधानअनुसार मिलाउने काम मेरो पहिलो प्राथमिकतामा परेको छ’, गौतमले रातोपाटीसँग भने, ‘पार्टीको विधि, विधान र पुराना माइन्युट समेत हेरेर सोही अनुसार काम अघि बढ्छ ।’
२ नम्बर प्रदेशका धेरैजसो जिल्ला र प्रदेश कमिटिहरुको एकताप्रति ती जिल्लाका केन्द्रीय सदस्यहरुले हालै सम्पन्न केन्द्रीय समिति बैठकमै आवाज उठाएका थिए । खासगरी एकतापछि रौतहट, धनुषा, महोत्तरीमा समस्या रहेको छ । ति जिल्लाका जिल्ला कमिटीको सपथ ग्रहण समेत रोकिएको छ ।
पार्टी एकतापछि गठित कतिपय प्रदेश तथा जिल्ला कमिटीहरुमा साविक एमालेतर्फका निर्वाचित सदस्यहरुलाई समेत नराखेको तथा कतिपय कमिटीमा संगठित सदस्यता नभएकालाई पनि जिम्मेवारी दिएको भन्दै समानान्तर कमिटी नै बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण