जब केही मिनेटमै विश्वका सबैभन्दा धनी व्यक्तिले कमाए आठ अर्ब अमेरिकी डलर
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस झनै धनी बन्न सफल भएका छन् ।
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उनले शुक्रबार आफ्नो सम्पत्तिमा थप आठ अर्ब डलर जोडे ।
अघिल्लो दिन १८७० अमेरिकी डलरमा कारोबार बन्द भएको उनको कम्पनीको शेयर शुक्रबार बढेर २ हजार डलरमा कारोबार बन्द भएको थियो ।
कम्पनीको शेयरमा भएको ७ प्रतिशतको वृद्धिले बेजोसको सम्पत्ति ८ अर्बले बढ्यो ।
शुक्रबारको कारोबारपछि कम्पनी छोटो समयको लागि एक ट्रिलियन डलर(दश खर्ब डलर)भन्दा बढी मूल्याकंन भएको कम्पनीमा समावेश भएको थियो ।
बेजोसको अधिकांश सम्पति अमेजनको शेयर मुल्यसँग गासिएको छ । उनीसँग अमेजनको ५ करोड ७५ लाख शेयर छ जुन कम्पनीको कुल शेयरको १२ प्रतिशत हो ।
शेयरको मुल्य वृद्धिपछि अमेजनका मालिकको कुल सम्पती १ खर्ब १५ अर्ब अमेरिकी डलर पुगेको छ ।
बेजोस र उनकी श्रीमती म्याक्केन्जी वेजोसले अघिल्लो जनवरी सम्बन्ध विच्छेद घोषणा गरेका थिए ।
तिनको सम्बन्ध विच्छेद टुङ्गो लगाउँदा म्याक्केन्जी बेजोसले दुई जोडीको कुल अमेजन स्कटमध्ये २५ प्रतिशत पाएकी थिइन्, जुन समग्र कम्पनीको ४ प्रतिशत हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण