घुस लिएको आरोपमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उनीहरुले सेवाग्राहीसँग रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहाना बनाइ रु १५ लाख ९६ हजार घुस लिएका थिए । आयोगको बर्दिवासबाट गएको टोलीले उनीहरुलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले घुस वापत लिएको रकम बराबरको बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यस्तै सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह विरुद्धसमेत आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको टोलीले साहलाई रु तीन लाख घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा साहले घुस माग गरेको आयोगले जनाएको छ ।
यस्तै आयोगले जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीले नेपाल भारत सीमा क्षेत्रबाट सामान ल्याउन सहज गरिदिने भन्दै रु एक लाख ५० हजार घुस माग गरेको अभियोगमा पक्राउ गरेको आयोगले जनाएको छ । आयोगले नायब सुब्बा अन्सारीले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस माग गरेको आरोप लगाएको छ ।
आयोगले अन्सारीलाई सोमबार पक्राउ गरेको भए पनि थप अनुसन्धानपछि आज मात्रै सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
-
मोबाइल नष्ट प्रकरणबारे के भन्छन् शिक्षामन्त्री पाेखरेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण