आफ्नै पेमेन्ट गेटवे ल्याउँदै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानीलाई सहज बनाउन आफ्नै राष्ट्रिय भुक्तानी प्रणाली ‘नेशनल स्वीच’ (राष्ट्रिय भुक्तानी द्वार) स्थापना गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक विभागका निर्देशक सुवास घिमिरेको संयोजकत्वमा गठित समितिले प्रारम्भिक अध्ययन गरिरहेको छ ।
विद्युतीय कारोबारलाई स्वचालित र छरितो बनाउन राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न लागिएको हो । यद्यपि, स्वीचले पहिलो चरणमा सरकारको राजस्व संकलन र भुक्तानीको मात्र काम गर्ने राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार उक्त समितिले स्वीच सञ्चालन गर्दा केकस्ता अप्ठ्यारा छन् भन्ने विषयमा अध्ययन गर्नेछ । ‘समितिको प्रतिवेदन तयार भएपछि त्यसमाथि अर्थ मन्त्रालय, सूचनाप्रविधि केन्द्रसँग पनि छलफल हुन्छ । त्यसैका आधारमा नीति बनाउँछौं,’ उनले भने, ‘नेशनल स्वीच भुक्तानी द्वारका लागि काम गर्ने एउटा प्रणाली हो । सुरुमा यो राजस्व संकलन र भुक्तानीलाई व्यवस्थित गर्न केन्द्रित हुनेछ । दोस्रो चरणमा सबै बैंकको एउटै स्वीच प्रणाली बनाउने योजना छ ।’
यो खबर आजको आर्थिक अभियानमा ममता थापाले लेखेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण