‘कोरोना भाइरसले चीनको फाइभजीमा धक्का’
कोरोना भाइरसको कारण चीनको नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा ढिलाई हुनसक्ने विश्लेषकहरुले बताएका छन् । उनीहरुले भारसको कारण चीनको राष्ट्रिय प्राथमिकतामा रहेको फाइभजीको विस्तार नै सुस्ताउने चिन्ता व्यक्त गरेका हुन् ।
गत नोभेम्बरमा चीनले आफ्नो समयतालिका भन्दा पहिला नै फाइभजी सुरु गरेको थियो । तर, त्यसको केही समयमा नै कोरोना भाइरसको कारण चीन समस्यामा परेको हो । चिनियाँ वित्तीय संस्था चाइना रिनाएसेन्सले चीनको फाइभजी सेवा पछाडि धकेलिन सक्ने बताएको हो । उसका अनुसार कोरोना भाइरसको कारण चीनको विभिन्न शहरमा निर्माण हुँदै गरेको बेस स्टेशन प्रभावित बन्न पुगेका छन् । यसले चीनको फाएभजी सेवामा प्रत्यक्षरुपमा असर पुगेको छ ।
सोमबार कम्पनीले सार्वजनिक गरेको एक विज्ञप्ती अनुसार चिनियाँ नयाँ वर्षको बिदा लम्बिनु र कोरोना भाइरसको प्रकोप बढ्नु फाइभजीका अवरोध हुन् । चीनले आफ्नो चन्द्रमास अनुसार मनाइने नयाँ वर्षको बिदा लम्ब्याएको छ ।
कम्पनीहरुले पनि आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् , त्यसले चीनको व्यावसायिक गतिविधि नै सुस्ताएको छ ।
यो खबर आजको आर्थिक अभियानले एजेन्सीको सहयोगमा लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण